पोखरा / गायक दिपक बज्राचार्य र उनको ब्याण्ड रिदमले पोखरामा सांगीतिक कार्यक्रम आज गर्दैछन् ।
पोखरा १८ खपौंदी स्थित अल्फान्जो रिसोर्टमा सांगीतिक कार्यक्रम गर्ने भएको हो । रिसोर्टमा आज साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुदैछन् ।
खपौंदी क्षेत्रलाई चिनाउन भूमिका खेलेको रिसोर्टले त्यस ठाउँलाई मेला र इभेन्टका रुपमा चिनाउन पनि सांगितिक कार्यक्रम आयोजना गरेको रिसोर्टका सञ्चालक सुवाष भट्टराईले जानकारी दिए ।
उनको प्रस्तुति साँझ ८ बजेदेखी रहने छ। कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै बुकिङ गर्न सकिने भट्टराईले जानकारी दिए ।
टिकट १ हजार रुपैयाँ रहेको उनले बताए । प्रतिक इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको कार्यक्रममा नेपाली नयाँ वर्षसम्म नै विभिन्नका कलाकारको साथमा लगातार लाइभ कन्सर्ट गर्दै जाने अध्यक्ष प्रतिक सुनारले जानकारी दिए ।





