मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

म्हाँजु क्ह्रोंगि लामा भाइखलकको शुभकामना आदानप्रदान कार्यक्रम

म्हाँजु क्ह्रोंगि लामा भाइखलकको शुभकामना आदानप्रदान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०८०, शुक्रबार

पोखरा / म्हाँजु क्ह्रोंगी लामा भाइ खलकले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा ८ बगालेटोल स्थित सोंपाल तमु समाजमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा अमेरिकाको टस्कगी विश्वविद्यालयका प्राध्यापक, पशु विज्ञान बैज्ञानिक विशेषज्ञ, गण्डकी विश्व विद्यालयका सल्लाहकार तथा म्हाँझु भञ्ज्याङ् गेटको परिकल्पनाकार समेत रहेका डा. नरकाजी गुरुङलाई सम्मान समेत गरिएको छ । सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

सम्मानित हुँदै प्रोफेसर डा. गुरुङले आफ्नो गाउँको विकासका लागि सबै एक हुन आवश्यक रहेको बताए । यस्तै म्हाँजु क्र्होगी लामा परिवारका अध्यक्ष क्षेत्रबहादुर गुरुङले गाउँ विकासका लागि आफुहरु एक भएर लाग्ने बताए ।

कार्यक्रममा द्रोपती गुरुङ, राष्ट्रिय फुटबल प्रशिक्षक क्याप्टेन दिलकाजी गुरुङ, समाजसेवी धन बहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले गाउँको विकाससँगै सांस्कृतिक पहिचान दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रम संचालन सूर्यमान गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->