पोखरा/ नेपालका वैज्ञानिक महाविर पुनले सामाजिक संजालमा नेपालका कलकारखाना चलाउन सिंहदरबारलाई नै ठोकठाक पार्नुपर्ने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा एक भिडियो सार्वजानिक गर्दै पुनले विरगंज कलकारखाना जसोतसो ठोकठाक गरेर र पेलेर भएपनि चलाएको बताउँदै उक्त कुरा लेखेका हुन् ।
उनले लेखेका छन्, ‘लु, आज विरगंजको कृषि औजार कारखानामा नेदरल्याण्डबाट आएका दुई जना साथीहरुलाई हाम्रो इन्जिनियरहरुले मशिन चलाउन सिकाए । यो कारखानालाई ठोक ठाक गरेर र पेलेर जसरी भए पनि चलाइन्छ । तर यो कारखाना चलाउन सिंहदरबारलाई पनि निकै नै ठोक ठाक गर्नु पर्ला जस्तो देखिएको छ । ठोक ठाक नगरेसम्म सिंह दरबारले भनेको मान्ला जस्तो छैन ।’
उनको यो भनाइलाई हेर्दा राज्य कलकारखाना संचालनप्रति निरिह देखिएको छ । विदेशीलाई नै मेसिन चलाउन सिकाउँदै गर्दा स्वदेशमा उत्पादन गर्न राज्य नै सक्षम नदेखिएको पुनको मनाशाय रहेको छ ।





