मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अन्तत: टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ परे

अन्तत: टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ परे


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८०, आइतबार

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पूर्जी जारी भएकाे थियाे । पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट बुटवल हुँदै काठमाडौं हिँडेका उनी फरार थिए ।

प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने वैशाख २० गते नै पक्राउ गरेको थियो । बाबुछोराविरुद्ध एकैदिन पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जनामाथि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->