पोखरा / पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी बागलुङकी सिम्रन परियारको आधुनिक गीत बजारमा आएको छ । उनको स्कुल ड्रेसमा गीत गाएको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो ।
भाइरल भएपछि उनी काठमाडौं गएर गीत रेकर्ड गरी बजारमा ल्याएकी हुन् । श्रीधर अधिकारीको संगीत, डा. विष्णुमुर्ति भट्टराईको शब्दमा ‘मुटुमै घाउ छ’ बोलको उनको दोस्रो गीत रिलिज भएको छ ।
सो गीत श्रीधर अधिकारी युट्युब च्यानलमार्फत आजै बजारमा आएको हो । दीपक गिरीको छायांकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन छ । सिम्रनले स्वर दिएको पहिलो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ ।





