पर्वत / पर्वतको मोदी गाउँपालिकामा स्थानीय पाठ्यक्रम सुरु भएको छ । मोदीले सोमवार आफ्नो पाठयक्रम हाम्रो मोदी बिमोचनसहित सार्बजनिक गरेको छ । गाउँपालिकाले आधारभुत तह (१–८) मा मंगलवारदेखि लागुहुने गरी पुस्तक विमोचन गरेको जनाएको छ ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झकप्रसाद गौतम संयोजक रहेको १३ सदस्यीय कार्यदलले ४ महिना लगाएर उक्त स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम कार्यपालिकाबाट स्वीकृत भएसंगै सार्वजानिक भएको हो ।
पुस्तक भोलिदेखि सबै आधरभुत बिद्यालयमा लागुहुने गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिईन । स्थानीय पाठ्यक्रमले केन्द्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तु समेटेको उनले वताईन ।
स्थानीय पाठ्यक्रमले स्थानीय मुल्य मान्यता, कला संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न स्थानिय पाठ्यक्रम सहयोगी बन्ने विश्वास लिएको गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले बताए ।
गाउँपालिका भित्रको चिनारीलाई विद्यार्थीहरु माझ प्रस्तुत गर्ने उद्देश्यले पाठ्यक्रमको निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले बताए । गाउँपालिकाका सवै आधारभूत विद्यालयहरुमा भदौ ५ गते देखि नै पाठ्यक्रमको पढाई शुरु हुनेछ ।





