पोखरा / पोखरामा तारहरु भूमिगत गर्ने कार्य अघि बढेको छ । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तरगत पोखरामा ३६किलोमिटर र भरतपुरमा २५ किलोमिटरमा तारहरु भूमिगत गर्ने कार्य सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार अन्डरग्राउण्ड काम अगाडी बढेको छ । पहिलो चरणमा पोखरा अन्तराष्ट्रि बिमानस्थल देखी लेकसाईड क्षेत्रसमम विद्युतीय तारहरु भूमिगत गरिने छ । एसियाली विकास बंैकको ऋण सहयोगमा आयोजना अघि बढेको हो ।
पोखरामा अहिले सम्म ३० प्रतिशत काम भएको छ भने भरतपुरमा ५० प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुबेदीले जानकारी दिए ।
उनका अनुसार मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विच्छ्याइनेछ । अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्ने उनले सुबेदीले बताए । पोखराको अन्तराष्ट्रिय बिमानस्थलको १०० मिटर पुर्व बाट शुरु भएर न्युरोडको दायाँ बायाँ, रत्कनचोक, लेकसाईडको सबै क्षेत्रमा पूग्ने उनको भनाई छ ।
ठेक्का सम्झौताअनुसार आगामी जनवरीसम्म सक्नुपर्नेछ । उल्लेखित समयमा काम नसकिने देखिएको छ । साढे २ अर्ब लागनीमा उक्त आयोजना सम्पन्न गर्न लागिएको हो ।





