सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

माछापुच्छे« गाउँपालिकाको पदयात्रामा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

माछापुच्छे« गाउँपालिकाको पदयात्रामा जाने पर्यटकले शुल्क तिर्नुपर्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८०, शनिबार

कास्की/ कास्कीको माछापुच्छे« गाउँपालिकामा रहेका पदमार्गमा जाने पर्यटकले अब शुल्क तिर्नुपर्ने भएको छ ।

 

माछापुच्छे« गाउँपालिकाले शनिबार एक विज्ञप्ती जारी गर्दै पर्यटकीय पदमार्ग स्तरोन्नती तथा व्यवस्थापनका लागि भनेर शुल्क तोकेको हो । उक्त सूचनाअनुसार अब आन्तरिक पर्यटकले एक सय र बाह्य पर्यटकले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । उक्त शुल्क पर्यटककै सेवा र व्यवस्थापनका लागि भएको माछापुच्छे« गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष तथा कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिए । उक्त शुल्क पदयात्रामा जाने पर्यटकका लागि मात्र हो ।

गाउँपालिकामा रहेका होमस्टेमा जाने पर्यटकले भने शुल्क तिर्नुपर्ने छैन् । शनिबार जारी सूचनामा भनिएको छ, ‘यस माछापुच्छ्रे गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधालाई ध्यानमा राखि गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगायतका सुविधाहरु निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गाउँसभाको निर्णयानुसार निम्नानुसारको पर्यटन सेवा शुल्क लिने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

(तस्वीर ः विजय नेपाली)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->