सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरा बस दुर्घटना अपडेट : सबै सकुशल, ३ जना गम्भिर घाइते भएको अस्पतालको पुष्टि

पोखरा बस दुर्घटना अपडेट : सबै सकुशल, ३ जना गम्भिर घाइते भएको अस्पतालको पुष्टि


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८०, आइतबार

पोखरा /पोखरा महानगरपालिका २२ शान्तिस्तुप्पा नजिक भएको बस दुर्घटनामा बसमा सवार ३५ जना यात्रु घाइते भएको अस्पतालले पुष्टि गरेको छ ।

आज दिउँसो सडकबाट करिब २० मिटर तल खसेको बसमा सवार ३५ जना यात्रु नै घाइते भएका थिए । उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

अस्पतालले ३५ जनामध्ये ३ जनाको अवस्था गम्भिर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा २८ जना सामान्य घाइते रहेको बताइएको छ । ३५ मध्ये २३ महिला र १२ पुरुष यात्रु रहेका थिए । चालक तनहुँका रमेश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->