सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरा महानगरले पठायो भूकम्प प्रभावित रुकुम र जाजरकोटमा राहतसहितको उद्धार टोली

पोखरा महानगरले पठायो भूकम्प प्रभावित रुकुम र जाजरकोटमा राहतसहितको उद्धार टोली


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८०, आइतबार

पोखरा / पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ। महानगरले वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित शनिबार साँझ प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।

महानगर प्रमुख धनराज आचार्यले दुईवटा सानो गाडी र एक ट्रकमा राहत सामग्री सहित १७ जनाको उद्धार टोली प्रभावित क्षेत्र रुकुम र जाजरकोट प्रस्थान गरेको जानकारी दिए। महानगरको टोली आवश्यकतानुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ।

टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्याङ्केट र औषधि एवं उपचारका आवश्यक सामग्री गएको प्रमुख आचार्यले जानकारी दिए। ‘भूकम्पका कारण सिर्जित हृदयविदारक घटनामा राहत तथा उद्धारमा सहभागी हुनु हाम्रो पनि कर्तव्य हो । प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा पोखरा महानगरले सहयोग गर्नेछ,’ उनले भने।

महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगको घोषणासमेत गरेको छ । महानगर प्रमुख आचार्यले पहिलो चरणमा महानगरका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापत १३ लाख १५ हजार राहत प्रदान गरिने जानकारी दिए। राहतका लागि नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च व्यहोरिने र ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने महानगरले जनाएको छ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका-१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->