सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

भूकम्पबाट ९१० वटा घर पूर्ण रूपमा क्षति

भूकम्पबाट ९१० वटा घर पूर्ण रूपमा क्षति


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८०, आइतबार

काठमाडौं / जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म उपचारपछि १४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->