बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा खेतबारी बाँझो राख्ने क्रम बढ्दै

पर्वतमा खेतबारी बाँझो राख्ने क्रम बढ्दै


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८०, बुधबार
फाईल तस्विर

पर्वत/ जिल्लामा खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै गएको छ । बढ्दो युवाशक्तिको पलायन, बाँदरको आतंक, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकरणको अभाव लगायतका कारण बर्सेनि बाँझो जमिनको क्षेत्र बढ्दै गएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

केन्द्रका अनुसार अहिले जिल्लामा पाँच हजार दुई सय ४४ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । जिल्लाभर २८ हजार पाँच सय ९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भएपनि २३ हजार ती सय ४८ हेक्टरमा मात्र खेती हुने गरेको केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जानकारी दिए ।

‘अझै ग्रामीण क्षेत्रमा बर्सेनि बालीनाली लगाउन छाडेको जमिन हेर्ने हो भने अझै बढ्नसक्ने देखिन्छ’, अधिकारीले भने । पर्वतको खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने १५ हजार १ सय एक हेक्टरमा कुनै पनि सिँचाइ सुविधा नपुगेको अधिकारीले बताए ।

कृषिमा पर्याप्त आधुनिकीकरण गर्ने, युवालाई प्रोत्साहनमूलक कार्यक्रम ल्याई कृषकलाई कृषिमै लागेर पर्याप्त आम्दानी गर्नसक्ने वातावरण नभएसम्म खेतीयोग्य जमिन बाँझिँदै जाने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->