शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

मर्दी हिमाल पदमार्गमा पर्यटक सूचना केन्द्र

मर्दी हिमाल पदमार्गमा पर्यटक सूचना केन्द्र


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८०, शनिबार

पोखरा/ कास्की जिल्लाको माछापुरच्छ्रे  गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

छोटो समयमा साहसिक पदयात्राको आनन्द लिन पाइने भएपछि पर्यटक मर्दी उक्लिने गरेका छन् । एक दशकअघिसम्म गुमनाम जस्तै रहेको मर्दी पदयात्रामा पर्यटक बढेसँगै पर्यटकीय पूर्वाधार निर्माण सुरु गरिएको छ ।

यस पदमार्गमा आउने पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने उद्देश्यले माछापुर्च्छ्रे गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माण सुरु गरेको छ । देश विदेशबाट पदयात्रामा पाउने पर्यटकलाई व्यवस्थित गर्ने र उनीहरुलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले केन्द्र निर्माण अघि बढाइएको हो ।

पालिकाको ५५ प्रतिशत र जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले ४५ प्रतिशत लगानी गरी रु ३० लाख लागतमा सूचना केन्द्र निर्माणको काम सुरु भएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताए ।

उनका अनुसार सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गका बारेमा आवश्यक जानकारी तथा पर्यटकको तथ्याङ्क सङ्कलनमा सहयोग पुग्नेछ । उपाध्यक्ष अधिकारीले भने, “मर्दी ट्रेकिङ रुट अहिले पदयात्रा रुचाउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा परेको छ । पदयात्रामा आउने पर्यटकलाई आवश्यक जानकारी तथा सूचना प्रदान गर्नका लागि सूचना केन्द्र निर्माण सुरु गरेका छौँ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->