आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव हुने

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव हुने


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८०, आइतबार

पर्वत/ आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ ।

विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना हुन लागेको हो । क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णबहादुर पुनका अनुसार ‘कला, संस्कृतिको संवद्र्धनमा ऐक्यवद्धताः खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवका मुख्य उद्देश्य मगरसहित अन्य जातजातिहरुको संस्कृति र परम्परा झल्किने पौराणिक र परम्परागत सामग्रीहरू राखिएको मगर सङ्ग्रहालय स्थापना गर्नु रहेको छ । यसअघिका पहिलो र दोस्रो मगर महोत्सवमा पनि सोही उद्देश्य राखिएको थियो । तर ती महोत्सवबाट बचत भएको रकमले मात्रै सङ्ग्रहालय स्थापना गर्न नपुग्ने तथा सङ्ग्रहालयसम्म पुग्ने बाटोको निकासका लागि पनि थप रकम आवश्यक पर्ने भएपछि तेस्रो मगर महोत्सवले पनि सङ्ग्रहालयलाई नै प्राथमिकतामा राखेको छ ।

यस्तै पर्वतको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पु¥याउने, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पु¥याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवद्र्धनमा मद्दत गर्नु पनि महोत्सवका उद्देश्य छन् । यस संस्करणको आकर्षणका रूपमा पालिकास्तरीय खुल्ला पुरुष र महिला भलिबल प्रतियोगितासहितका विभिन्न प्रतियागिताहरु समावेश छन् ।

करिब दुई सय वटा व्यावसायिक स्टलहरू रहने महोत्सवमा करिब एक सय ५० वटा स्टलहरू बुकिङ भइसकेका आयोजक पुन क्लबले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->