आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

फिरौती माग्न एक महिनादेखि योजना, पहिलो योजनामै पक्राउ

फिरौती माग्न एक महिनादेखि योजना, पहिलो योजनामै पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८०, शुक्रबार

पोखरा/ ‘सच काम खतम गर्नेका पाँच करोड अफर किया हैं, चलो सेम डिल नहीं मर्नेका पाँच करोड तुम अफर करोगें, समझ्लो तुमहरा फेमिलीका प्रोटेक्सन मनी हैं । सन्डे तक (आइतबार) पेसा रेडी होना चाहिए, कब कैसे और कहाँ मैं बताउँगा । ’

यो कुनै फिल्मको डाइलग होइन् । माघ १८ गते पोखरा लामाचौर बस्ने प्रकाश गैरेलाई आएको म्यासेज हो । त्यो म्यासेज डे वानको हो । नचिनेको नम्बरबाट आएको यो म्यासेजपछि फोन पनि आउँछ र पाँच करोड रुपैयाँ मागिन्छ । पाँच करोड रुपैयाँ नदिए उनीसहित उनका परिवारलाई मार्ने धम्की थियो । प्रकाश सच्चाइ केन्द्रका केन्द्रीय अध्यक्ष हुन् । उनले पोखरा १६ दिपमा सच्याईकेन्द्र सञ्चालन गर्दै आइरहेका छन् । म्यासेजपछि प्रकाश प्रहरीकहाँ पुग्छन् । अनुसन्धान सुरु हुन्छ । ती व्यक्ति समातिन्छन् । पर्वत कुश्मा नगरपालिका २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी एक महिनाअघि मात्र वैदेशिक रोजगारबाट नेपाल फर्किए । उनी पर्वत आर्थरका ४२ वर्षीय दीपबहादुर खत्रीसँग पोखरा ८,सिमलचौरमा डेरा लिएर बस्न थाले । चार वर्षे वैदेशिक रोजगारीको क्रममा कतार हुँदा प्रकाश गैरेका भिडियोमार्फत् प्रवचन सुनेका उनीहरु प्रकाशलाई भेट्न पोखरा १६,दीप पुग्छन् । एक दुई घण्टा भुल्छन अनि प्रकाशको नम्बर मागि हिँड्छन् । नम्बर लिएको पाँच दिनपछि अर्थात् माघ १८ गते म्यासेज धम्कीपूर्ण म्यासेज पठाउँछन् । त्यसपछि २० गते पुनः दुवै सच्चाइ केन्द्रमा जान्छन्, घटनाको असरको बारेमा बुझ्छन् । २३ गते पनि पुनः त्यहाँ पुग्छन्, गतिविधि हेर्छन् र २४ पक्राउ पर्छन् ।

कास्की प्रहरीले म्यासेज आएकै दिनबाट उक्त नम्बरको अनुसन्धानमा जुटेको थियो । अनुन्धान गर्दै जाँदा उनीहरु भएको थाहा पाएपछि बुधबार राति दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजानिक गरेको हो । पक्राउपछि प्रारम्भिक अनुसन्धानबाटै प्रहरीले धेरै कुरा थाहा पाउँछ । लक्ष्मण र दीपकको डेराबाट प्रहरीले विभिन्न सामानहरु समेत बरामद गरेको छ । उनीहरुको साथबाट तीन थान पुस्तक, नोटबुक एक थान, विभिन्न व्यक्तिको नाम उल्लेख गरेको पाना ८ थान, मोबाइल चार थान, भारतीय सिम एक थान, एनसेलको सिम दुई थान, एनटीसीको सिम तीन थान, खुकुरी एक थान, गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप (छर्रा ) २७ थान, सानो ठूलो मुगा २४ थान, टर्च लाइट दुई थान, ह्याक्सा ब्लेड एकथान, रन्दा मेसिन एक थान, गेलेन्डर मेसिन एक थान, पेन्चिस एकथान, विभिन्न ठूला नेता, व्यापारी, उद्योगपति, उनीहरुका छोराछोरी र एनआरएन हरुको नाम लिखित पान्नाहरु फेला पारेको छ ।

एसपी थापाले उनीहरुले एक महिनाबाट योजना बनाएर काम गरेको बताए । पक्राउपछि अब अनुसन्धान प्रक्रियालाई अघि बढाउने एसपीले बताए । ‘हिन्दी भाषामा म्यासेज गरेको छ र फोनमा कुरा गर्दा पनि हिन्दी भाषाकै प्रयोग गरेको देखिन्छ । त्यसपछि उनीहरुको साथबाट अन्य कुरा पनि खुलेका छन् । त्यहाँ बिग मनी, बिग टार्गेट भनि लेखेको भेटिन्छ, किडन्याप भन्ने शब्दपनि भेटिन्छ, फिरौती भन्ने शब्द छ, सुटआउट भन्ने शब्द प्रयोग गरेको छ, प्रोटेक्सन मनी, रिच किड्स् (धनीका बच्चा) भनि नेता, व्यापारी, गुण्डा, भू माफिया, मेडिकल माफिया, म्यानपावर माफिया, विक पोइन्टमा गणतन्त्र/राजतन्त्र र धर्म निरपेक्षता/ हिन्दु राष्ट्र भन्ने शब्द पनि प्रयोग गरेका छन्,’ एसपीले भने, ‘जति पनि नेता, उद्योगी– व्यवसायी, एनआरएन सबैको नाम लेखेका छन् । त्यतिमात्र होइन उनीहरुका छोराछोरीको समेत नाम लेखेका छन् ।’

एसपीका अनुसार उनीहरुको अपराधिक पृष्ठभूमि हेर्दा दीपक बहादुर खत्री पर्वतमा २०७९ सालमा हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परेका थिए । यस्तै २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीमा सार्वजानिक मुद्धा (अभद्र व्यवहार) चलेको देखिएको छ । दुई जना विरुद्ध लागुऔषध गाँजा, हातहतियार खरखजना र आपराधिक लाभ मुद्दा चलाइने भएको छ ।

तीन मुद्दाका फरक फरक सजाय हुने एसपीले बताए । हातहरियार तथा खरखजनाका लागि स्पष्ट देखिएको छ । प्रहरीले अहिलेसम्म अन्य कसैलाई पनि त्यसरी फोन गरेर वा म्यासेज गरेर धम्काएको चाहिँ भेटेको छैन् । कतारबाट आएको एक महिनामात्र भएको तर, योजना भने निकै तयारीसाथ गरेको देखिन्छ । ‘हिजो रातिमात्र हामीले पक्राउ गरेका छौं । अहिले जति पनि आए, प्रारम्भिक बुझाइबाट आएका कुरा हुन् । यो सांगठनिक अपराधमा के कति संलग्न वा दुई जनामात्रै भन्ने कुरा अझै अनुसन्धान गर्दैछौँ,’ एसपी थापाले भने ।

सोही क्रममा पीडित भनिएका व्यक्ति पनि विभिन्न मुद्दाहरुमा प्रहरीदेखि प्रशासनसम्म धाउने व्यक्ति भनी प्रश्न गर्दा अपराधी नै भए पनि यो घटनामा उनी पीडित नै देखिएको सुनाए ।

पीडित पनि विवादित

उसो त पीडित व्यक्ति आफैं पनि विवादित व्यक्ति हुन् । उनकोबारेमा समयसमयमा विभिन्न आरोपसहित प्रहरी तथा प्रशासनमा उजुरी तथा निवेदनहरु पर्ने गर्छन् । सच्याइको नाममा र व्यक्तिहरुलाई प्रलोभनमा पारी रकम उठाउने र मिटरब्याजीको रुपमा विवादमा आइरहने व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->