बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कालीगण्डकी र्‍याफ्टिङ तथा कायाकिङ हुने

कालीगण्डकी र्‍याफ्टिङ तथा कायाकिङ हुने


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८०, शुक्रबार

पोखरा/ गण्डकी प्रदेश सरकार र नेपाल ¥याफ्टिङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो ।

पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागनु १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल ¥याटिङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए ।

‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको ¥याफ्टिङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं,’ डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं ।’

उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र ¥याफ्टिङमा ८ टिमको सहभागिता रहनेछ । ¥याफ्टिङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->