काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन। प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरे।
सोनाम ल्होछारको अवसर पारेर शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको स्मरण गराए।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए। गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्रीको भनाई थियो।
प्रधानमन्त्री प्रचण्डले सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको पनि दोहोर्याएका थिए।





