आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सांसद विन्दुकुमारको तलब–भत्ता सामाजिक सेवा

सांसद विन्दुकुमारको तलब–भत्ता सामाजिक सेवा

तलब–भत्ता सामाजिक सेवामा लगाउने गण्डकीका एक्ला सांसद ।


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८०, आइतबार

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सांसदको भूमिमाबापत् प्राप्त गरेको सेवा–सुविधा सामाजिक काममा लगाउने परम्परालाई निरन्तरता दिएका छन् ।
सांसद थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सामाजिक काममा लगाएको जानकारी गराएका हुन् । यसरी तलब–भत्ता सामाजिक कार्यमा लगाउने उनी गण्डकीका एक्लो सांसद हुन् । उनी नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै प्रदेश सभामा पुगेका हुन् ।

नेपाल प्रेस युनियन, कास्कीको समन्वयमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रदेशको दोस्रो कार्यकाल सुरु भएपछि अहिलेसम्म वैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधासहित बैंक खातामा ८ लाख ९६ हजार १ सय ६० रुपैयाँ जम्मा भएको जानकारी दिए । त्यसमा २ लाख १६ हजार ४ सय ४५ रुपैयाँ थप गरी जनसेवामा खर्चेको फेहरिस्त पनि सुनाए ।

नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको उपनेतासमेत रहेका थापाले जीवनयापनको लागि व्यवसायबाटै आम्दानी गरिरहेकाले राजनीति आफ्नो लागि नित्तान्त सेवा भएको जिकिर पनि गरे । सांसद थापा रियलस्टेट, बैकिङ क्षेत्र, होटल,अटोमोबाइल क्षेत्रको व्यवसायमा संलग्न छन् ।

कास्की क्षेत्र नम्बर २ ‘ख’ बाट दोस्रो कार्यकालको लागि गण्डकी प्रदेशसभा प्रतिनिधित्व गरेका थापाले सांसदको रुपमा अघिल्लो कार्यकाल केही सिक्ने, कानून निर्माण गर्ने, थिति बसाल्ने र जनताका चाहना अनुसारका विकास निर्माणमा सहजीकरण गर्दैमा बितेको बताए । अघिल्लो कार्यकालमा प्राप्त बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधा सबै विकास निर्माण र सामाजिक कार्यमा खर्चेको पनि उनले स्मरण गरे ।
‘निस्वार्थ रुपले गरिने जनताको सेवा नै जनप्रतिनिधिको मुल ध्येय हुनुपर्छ र राज्यकोषको दोहन वा दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्छ,’ उनले भने । उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेकोसमेत जिकिर गरे । आफूले सहयोग रकम हस्तान्तरण गर्दा आवश्यकतालाई केन्द्रमा राखेको र यो वा त्यो पार्टी नभनेको पनि उनको भनाइ थियो ।

कुन शीर्षकमा कति खर्च ?

सांसद थापाले बगाले कुल संरक्षण समितिको सामाजिक भवन बनाउन २ लाख रुपैयाँ सहयोग गरेका छन् । पोखरा २० को मौजा दलित समाज, मोहोरिया भुजेल समाज र आँटिघर दलित समाजका लागि सामाजिक कार्यका लागि आवश्यक सामग्री खरिद गर्न १ लाख रुपैयाँ दिएका छन् । पोखरा ९ को विभिन्न स्थानमा सडक बत्ती जडान गर्नका लागि ४५ हजार रुपैयाँ सहयोग गरेका छन् । दीप युनाइटेड क्लबलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सांसद थापाका अनुसार उनले जाजरकोट र रुकुमको भूकम्प प्रभावितलाई राहत पनि दिएका छन् । उनले ३७ हजार १ सय ५ रुपैयाँ राहत सहयोग गरेका हुन् । उनले पैसाको अभावमा घरमा धारा जोड्न असमर्थ नागरिकको घरमा धारा जोड्दा लाग्ने खर्च पनि व्यहारेको बताए । त्यस्तो सहयोग पाउनेमा पोखरा १६ को कमला विक, हिरा विक, दिपा विक, मिठु नेपाली र माया नेपाली रहेका छन् । उनीहरुको घरमा धारा जोड्दा ३५ हजार खर्च भएको थियो ।

पोखरा ८, एअरपोर्ट टोल विकास संस्थाको भवन निर्माण, पोखरा ११ को जन कल्याण क्लब, पोखरा ८ को फिर्के खानेपानी तथा ढल उपभोक्ता समिति, पोखरा ९ को चण्डिका मन्दिर निर्माण समिति, पोखरा ८ की क्यान्सर बिरामी लक्ष्मी छत्कुली, सर्भेययर्स सोसाइटी, कास्की, पोखरा १६ को हिमालय क्लब र जलारी समूह, कास्कीलाई २५÷२५ हजार रुपैयाँ सहयोग गरेको उनको भनाइ छ । पोखरा १६ को घर्ती पधेरा ठुलाटारीमा पाइप खरिदका लागि २४ हजार ५ सय, जाल्पादेवी महिला उद्धार समुहलाई धूप बनाउने तालिमका लागि २३ हजार, पोखरा १६ को जोगीमणि टोलमा खानेपानी पाइप खरिदका लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी सांसद थापाले श्रृखंला क्लबको फुटबल प्रतियोगिता, रानीपौवा तायाः मचा नाँच समिति, पोखरा १६ को घुरकुना आमा समूह, पोखरा १६ कै सुकाले टोल, सोही वडाको हृययको आवाज महिला समुहलाई २०÷२० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यस्तै मण्टेश्वरी एशोसियसन कास्कीले आयोजना गरेको मण्टेश्वरी चाइल्ड ट्यालेण्ट शो २०८०, बालाकोट युवा क्लब, महाशिला पर्वत, पोखरा ११ को जगत जननी महिला समूह, पोखरा २० का क्यान्सर विरामी निर्मल बास्तोलालाई पनि सांसद थापाले १५/१५ हजार रुपैयाँ आर्थिक सहयोग दिएका छन् ।

यस्तै मानव सेवा आश्रममा गृह महिला श्रमिक संघ मार्फत बाटेको धुप बनाउने प्रशिक्षण, पोखरा ११ को राधाकृष्ण टोलको सामाजिक भवन निर्माण, पोखरा १६ को कान्तिया डाँडामा सडक बत्ती जडान, पोखरा २० को यूनाइटेड क्लब भलाम, पोखरा १६ की क्यान्सर रोग विरामी राधा गायक, पोखरा ८ को माफ पाम परिवार, पोखरा ४ को गोपालजी मन्दिर सेवा समिति, नेपाल अर्बुद रोग निवारण संघ, पोखरा १५ का क्यान्स रोग विरामी ओमबहादुर गुरुङलाई सांसद थापाले १०÷१० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गण्डकीका पूर्वमन्त्रीसमेत रहेका थापाले विश्व हिन्दु महासंघ, नयाँ बजार सांस्कृतिक समितिको भैरव नाच र पोखरा ११ की मुटुरोग बिरामी मिठु सर्किनीलाई सांसद थापाले ५÷५ हजार रुपैयाँ सहयोग गरेको फेहरिस्त प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->