शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

हत्या गरी जलाएर गाडिएको अवस्थामा शव फेला

हत्या गरी जलाएर गाडिएको अवस्थामा शव फेला


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८०, सोमबार

पोखरा / कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ। आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो। वडाध्यक्ष रवीन्द्र तिवारीलाई स्थानीयले खबर गरेपछि त्यसबारे उनले प्रहरीलाई जानकारी गराएका थिए।

आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको थियो। सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको हो।

शरीर र यौनांग जलेको अवस्थामा रहेको छ। पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागोसमेत बाँधिएको अवस्थमा रहेको छ। टाउको भने अझै फेला परेको छैन।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ। घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ।

मृतकको अझैसम्म पहिचान भने नखुलेको प्रहरी उपरीक्षक पौडेलले बताए। शव पोस्र्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ। घटनाको अनुसन्धान भइरहेको पौडेलले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->