शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरामा ठगीको नयाँ धन्दा ‘अन्तर्राष्ट्रिय कल बाइपास’

पोखरामा ठगीको नयाँ धन्दा ‘अन्तर्राष्ट्रिय कल बाइपास’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८०, शनिबार

पोखरा / पोखरामा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले गैर कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त कार्यमा संलग्न भएका रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका ४ घर भई पोखरा ११ फुलबारी बस्दै आएका २७ वर्षिय ईमरान अहमद र पर्सा सखुवापर्सौनी गाउँपालिका ५ घर भई सोही स्थानमा बस्दै आएका ३७ वर्षिय विशाल साह कलवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजानिक गर्दै एसपी थापाले पोखरामा यो पहिलो घटना रहेको सुनाए । ‘हामीले अन्तर्राष्ट्रिय रुपमा कल बाईपास ‘भीओआईपी’ भन्छ त्यो गर्ने दुई जना व्यक्तिहरु र उपकरणसहित पक्राउ गरेका छौं । यसमा नेपाल सरकारको कुनैपनि निकायको अनुमति स्विकृत नलिई गैरकानूनी अन्तर्राष्ट्रिय कल संचालन गरिरहेको छ भन्ने गोप्य सूचनाको पश्चात अनुसन्धान गर्दै जादाँ दुई युवा पक्राउ परेका हुन’ उनले भने ।

उनीहरुको साथबाट ६४ पोर्ट भएको अवैध कल बाईपास (भीओआईपी) गर्ने उपकरण गेटवे २, सो उपरकरणमा जडान भएको सिमहरु १२८ र सोको चार्जर थान २, वल्र्डलिंकको राउटर १, युपीएस १, एक्सटेन्सन कोर्ड १, नेट फाइबर तार २, पेन्ड्राइभ १, एप्पल कम्पनीको मोबाइल १, भीभो कम्पनीको मोबाइल १, परिचयपत्र ३, चेकबुक २ र एनसेलको सिम ५९७ थान बरामद गरेको छ ।

एसपी थापाले कास्कीबाट अनुसन्धान गर्ने बताए । प्रहरीको प्रारम्भिक अनुन्धानबाट फ्रेबे्रअरी १ देखि पोखरामा उक्त कार्य गर्दै आइरहेको खुलेको छ । ‘फ्रेब्रेअरी एक देखि यो काम सुरु गरेको देखिएका छ र यसमा श्रीलंकन नागरीक संलग्न रहेको देखिएको छ’ उनले भने, ‘यसको मुख्य व्यक्ति नै श्रीलंकन रहेको देखिन आएको छ हामी अनुसन्धानमै छौं । अब अनुसन्धान गर्दै जाँदा अन्य व्यक्ति पनि थपिन सक्छन् ।’

केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी निरीक्षक प्रदिप खत्रीले कल बाईपास राज्यलाई कर छली गर्ने माध्ययम रहेको बताए । उनले यस्तो अवैद्य कार्यलाई विदेशमा सिमबक्स फ्रर्ड समेत भनिने सुनाए । उनका अनुसार नेपालमा यो १२१ औं घटना हो जुन प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

‘यो एक टेक्नोलोजि हो । सिआईबीले अहिलेसम्म नेपालमा १२० अप्रेसन कमप्लिट गरिसकेको छ । यो केशले १२१ पुगेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म आवाज पु¥याउने माध्ययम हो जसलाई टेक्निकल भाषामा भीओआईपी भनिने गर्दछ’ उनले भने, ‘विदेशी कल ल्याउनका लागि स्विकृत हुनुपर्दछ । दुरसञ्चार प्राधिकरणबाट स्विकृत लिएर लाइसेनस लिएरमात्रै सञ्चालन गर्न पाइन्छ । नेपाल आउने कललाई मात्र बाईपास गर्ने गरेका छन् । पोर्टको क्षमता अनुसार कल बाईपास हुने गर्दछ ।’

विदेशबाट नेपाल आउने कलमा निश्चित रेट तोकिएको हुन्छ । कल क्यारियरमार्फत कल आउने गर्दछ । कुनै एक ठाउँबाट अर्को ठाउँको अपरेटरसम्म कल पुग्ने बिचमा क्यारियरको भूमिका महत्वपूर्ण हुने गर्दछ । टेलि कम्युनिकेशनको क्षेत्रमा जसले फोन गर्दछ त्यस नेटवर्कदेखि फोन उठाउनेसम्मको नेटवर्कले रकम पाउने गर्दछ ।

त्यहि बिचमा यसरी कल बाईपासमा ठगी हुन्छ जहाँ तोकिएको रेटभन्दा कममा कल बाईपास गराउने गर्दछन् । उनका अनुसार एनटीसिमा छिर्नका लागि एनटीसि र एनसेलमा छिर्नका लागि एनसेलको सिमलाई पोर्टमा राख्नुपर्ने हुन्छ ।

उनीहरुले डिभाइसमा बस्ने व्यक्ति, कल क्यारियरमा बस्नेलाई विदेशबाटै भाग लगाएर रकम प्रदान गर्ने गर्दछन् । यसबाट दुरसञ्चारलाई घाटा र आम सेवाग्राहीलाई समेत घाटा हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->