शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

छोरी जन्मिएपछि शिशुलाई अस्पतालमै छाडेर फरार भए आमा र हजुरआमा

छोरी जन्मिएपछि शिशुलाई अस्पतालमै छाडेर फरार भए आमा र हजुरआमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार
अस्पतालको सिसी टिभि क्यामरामा देखिएकी फरार हजुरआमा बेडीदेवि फरार हुनुअघि शिशु लिएर हिड्दै गरेको दृश्य ।

पोखरा / काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा र हजुरआमा फरार भएका छन् ।

वीरगञ्जको रानीघाट- ६ ठेगाना अस्पतालमा टिपाएकी सीता देवीले शनिबार बिहान साढे ६ बजे छोरीको जन्म दिएकी थिइन् । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षागार्डको आँखाछलेर उनी भागेको अस्पतालले जनाएको छ ।

त्यसअघि तीन छोरी जन्माइसकेकी सीताको चौथो सन्तान पनि छोरी जन्मिएपछि अस्पतालमै नवजात शिशु छाडेर आमा भागेको अस्पताल पदाधिकारीको भनाइ छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहका अनुसार अस्पताल वरपर खोजतलास गर्दा आमा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको जानकारी दिए ।

नारायणी अस्पतालको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाका अनुसार छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि अस्पतालमा रहेका आमा र हजुरआमा शिशुलाई अस्पतालमा अलपत्र छाडेर हिंडेको हुन् ।

सीता देवीलाई अस्पतालमै पनि परिवारजनले तनाव दिएजस्तो देखिएको थियो । पछि आमा र हजुरआमा कोही नभेटिएपछि शिशुलाई एनआइसीयूमा राखिएको बच्चा स्वस्थ रहेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज थापाले बताईन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अस्पतालमा गलत ठेगाना टिपाइएकाले फरार रहेकी नवजात शिशुकी आमाको खोजी कार्यमा कठिनाइ भइरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->