शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरा महानगरद्वारा २० जना महिला उद्यमी सम्मानित

पोखरा महानगरद्वारा २० जना महिला उद्यमी सम्मानित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

पोखरा/११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न व्यावसायिक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । सम्मानमा नगर ५ हजार रुपैयाँ पनि समावेश छ ।
महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रममार्फत् ऋण लगेर व्यवसाय गरेकामध्येबाट दशजना र महानगरभित्रका अन्य दशजना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
उपप्रमुखसंग महिला कार्यक्रमअन्तर्गत सम्मानित हुनेहरुमा पोखरा ७ को अस्मी खाजा घर सञ्चालक शान्तिमाया गुरुङ, पोखरा ३२ मा रहेको वसन्ती पशुपन्छी तथा कृषि फर्मका वसन्ती कामी विक, पोखरा २४ मा रहेको पुप्पा पशुपालन तथा कृषि कर्फका पुष्पा कार्की, पोखरा १६ रहेको श्रीसम्पूर्ण राइस मिलका दमयन्ती आचार्य, पोखरा ५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, पोखरा १५ को चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा ३२ बडहरे पण्डित कृषि तथा पशुपंक्षी फर्मका पुष्पलता पण्डित, पोखरा ३३ मा रहेको रातमाटे बाख्रा तथा पशुपंक्षी फर्मका पवित्रा मल्ल ठकुरी, पोखरा १५ को शितल पंक्षी फर्मका पञ्जा परियार, पोखरा १६ मा रहेको अतिथि झोला उद्योगका पार्वती थापा बस्नेत रहेका छन् ।
पोखराभित्र संचालित उद्योग÷व्यवसायबाट ग्लोरी फेसन होमका शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगका सीता गुरुङ, दीप डेरी उद्योगका पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीका सुनिता श्रेष्ठ, सफा सावुन उद्योगकी सीता सुवेदी सिग्देल, राजिव रोशनी पशु तथा कृषि फर्मकी सीतादेवी भुर्तेल, हरियो एग्रो इन्डस्ट्रीज प्रालिका रोशनी शर्मा आचार्य, ऋतु सौगातका सुन्ती पुर्जा, तमु भाङ्ग्रा हस्तकला उद्योगका पवित्रादेवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रका सविता श्रेष्ठलाई सम्मान गरिएको हो ।
सम्मानअघि बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले नेपालको राजनीतिक परिर्वतनमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला र पुरुषबीचको असमानता अन्त्यका लागि हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->