पोखरा / कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनि सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ, प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरणसम्बन्धी गोष्ठी भएको छ ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले आफूले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेषरूपमा उठाइरहेको बताइन् । उनले आगामी दिनमा आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम भन्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्वकेन्द्रीय सदस्य तथा सहारा आधारभूत् विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिवक्ता भुवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ जना अपाङ्गता भएका महिलाहरु सहभागी थिए । पोखरा महानगरपालिका वडा नंं ५ मा अवस्थित श्री धर्मस्थली आधारभूत विद्यालयमा कार्यक्रम भएको हो ।





