शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

रुमे कार्की उत्थान समाज गठन

रुमे कार्की उत्थान समाज गठन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

बागलुङ/रुमे कार्कीहरुको भेलाले रुमे कार्की उत्थान समाज बागलुङ बजार समिति गठन गरेको छ । डिल बहादुर कार्की संयोजक रहेको ९ सदस्यीय अध्ययन समिति गठन भएको हो ।
समितिको सह–संयोजकमा सीता कार्की, सचिव कृष्ण बहादुर कार्की, कोषध्यक्षमा हरी बहादुर कार्की र सदस्यहरुमा दल बहादुर कार्की, दिल बहादुर कार्की, लाल बहादुर कार्की, रिना कार्की र टेक बहादुर कार्की रहेका छन् ।
त्यस्तै, भेलाले रुमे कार्की उत्थान समाज महिला समुह बागलुङ बजार समिति गठन गरेको छ । समितिको संयोजकमा अमृता कार्की र सहसंयोजकमा जुना कार्की चयन भएका छन् । समितिको सचिवमा सिता कार्की, कोषाध्यक्षमा मेलिना कार्की र सदस्यहरुमा दुर्गा कार्की, देवी कार्की, टिका कुमारी कार्की, गीता कार्की र सीता कार्की रहेका छन् ।
भेलामा प्रेम बहादुर कार्की, चुर्ण बहादुर कार्की, अमर कार्की, लक्ष्मी कार्की, छम बहादुर कार्की लगायतले बोलेका थिए । दिल बहादुर कार्कीको अध्यक्षता, भद्र बहादुर कार्कीको सञ्चालन र कृष्ण बहादुर कार्कीको स्वागतमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->