शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८०, सोमबार

पोखरा / उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

इटहरी वडा नं. ९ स्थित बालबालिका बी एण्ड बी क्लिनिक सञ्चालन गर्ने चिकित्सक ५० वर्षे रामसागर मेहतालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

उनले उपचार गर्न आएकी महिलालाई चेकजाँच गर्ने क्रममा महिलाको संवेदनशील अङ्ग चलाएको आरोप लागेको छ।

उनले केही समय अघिसम्म इटहरी अस्पतालमा काम गरेका थिए। इटहरी अस्पताल छाडेपछि ठिक अगाडि पट्टी उनले क्लिनिक सञ्चालन गरेर हरेक शनिबार विभिन्न रोगको निःशुल्क स्क्रिम ल्याएर उपचार गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->