शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

डुंगा दुर्घटनाका ५ जनाको सकुशल उद्धार

डुंगा दुर्घटनाका ५ जनाको सकुशल उद्धार


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८१, मंगलबार

पोखरा/ सशस्त्र प्रहरीले फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको मंगलबार सकुशल उद्धार गरेको छ ।

दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुंगा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । डुंगामा काठमाडौँ महानगरपालिका(२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करीव डेढ वर्षिया मिरा रानी सवार थिए । उनीहरु फेवाताल नजिकै रहेको मत्स्य अनुसन्धान केन्द्रको जालमा अड्किएका थिए । उनीहरुलाई फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल कालीका गणका गणपति अरुणकुमार शर्माले बताए ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->