बागलुङ/पाँच महिनाकी छोरीको कलेजोमा समस्या आएपछि तमानखोला गाउँपालिका १ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवनरक्षाका लागि सहयोगको अपिल गरेका छन् । उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सहयोगका लागि अपिल गर्नुपरेको हो ।
हिमानीको अहिले कान्तिबाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार भैरहेको छ । त्यहाँका डाक्टरका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएकाले आर्थिक अभावमा सहयोगको याचना गर्नुपरेको उनले बताए । काठमाडौंकै वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास गरेकोमा अहिले कान्तिमा राखेका हुन् । प्रत्यारोपणको सेवा नेपालमा नहुने भएकोले भारत लैजानुपर्ने उनले बताए ।
भारतको एपोलो अस्पतालमा लगेर कलेजो प्रत्यारोपण गर्नुपर्ने भनेर डाक्टर भनेको र त्यसका लागि ४५ लाख बढि खर्च लाग्ने भएकाले सहयोगको अपिल गरेको बताए । खेती किसानी गरेर बस्नेले त्यतिको रकम जुटाउने संभावना न्युन छ । सहयोग गर्न चाहानेहरुले हिमानीका बुबा केशबहादुर अर्गेजाको ग्लोबल आईएमई बैं गोंगबु शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सहयोग गरि दिन अपिल गरेका छन् ।
चैत ७ गतेदेखि गम्भीर समस्या देखिएकी हिमानीको अहिले कान्तिबाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार भैरहेको छ ।





