बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

१५ जटिलसहित ७७ जना सुत्केरीहरुको शल्यक्रिया

१५ जटिलसहित ७७ जना सुत्केरीहरुको शल्यक्रिया


  • संजय रेग्मी
  • बैशाख १३ २०८१, बिहिबार

पर्वत/ कुनै बेला सामान्य उपचारको लागि पनि बिरामीलाई पोखरालगायतका ठाउँमा जान सिफारिस गर्ने पर्वत अस्पतालमा आजभोलि व्यस्त छ । सामान्य बिरामीहरू पनि पर्वत अस्पतालको बाटो हुँदै गुणस्तरीय उपचारको खोजीमा बाहिर जाने गर्थे ।

अहिले यही अस्पतालमा उपचारको पालो पाउन कुरेरै बस्नुपर्ने अवस्था आएको छ । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि चैत महिनासम्म अस्पतालमा १५ जना जटिल अवस्थामा रहेर सुत्केरी भएका छन् भने ७४ जनाको शल्यक्रिया गरिएको छ ।
साउनदेखि चैतसम्म क्रमशः १४, २३, १८, १९, २२, १६, २०, १२, १६, २०, १२ र ७ वटा सामान्य प्रसूती गराइएका छन् ।

यस्तै सुत्केरी भएका कुल २४४ जना महिलामध्ये करिब ३० प्रतिशत अर्थात् ७४ जनाको शल्यक्रिया गरिएको छ भने ७० प्रतिशत अर्थात् एक सय १७० जनाले बिना शल्यक्रिया नै बच्चा जन्माएका छन् ।

‘अरू रोग त भई नै हाले ती बाहेक जटिल अवस्थामा रहेका गर्भवतीहरू पनि सुत्केरी हुनका लागि मात्रै भनेर पोखरा जानु पर्दैन । आइसियु नै चाहिने अवस्थामा त हामीले राख्न सक्दैनौँ तर त्यो बाहेकका अवस्थामा यहीँ नै डेलिभरी गराइरहेका छौँ,’ सूचना अधिकारी उपाध्याय भन्छन्, ‘अस्पतालको सेवा गुणस्तरीय छ ।’
शल्यक्रियाका लागि आवश्यक पर्ने पूर्ण खालको भौतिक संरचना, सेवा सुविधा नभएको भए पनि कम जनशक्तिले मानवीय सेवाका नाममा जीवन अर्पण गरेकाले यी सबै सफलताहरू प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला बताउँछन् ।

पर्वत अस्पतालले अस्पतालको मान्यता पाउनु अगाडी कुश्मा हेल्थ पोस्टको रूपमा २०१६ सालबाट सेवा प्रारम्भ गरेको अस्पतालले २०४६ माघ मा १५ बेडको मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->