शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अटोमेटिक पेस्तोलसहित पक्राउ

अटोमेटिक पेस्तोलसहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८१, बिहिबार

पोखरा/ प्रहरीले डाँकाचोरी तथा लागु औषधका १३ वटा मुद्धा चलिरहेका एक आरोपितलाई विहीबार पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ । पोखरा– १८ सराङकोट जामुनेबोट बस्ने ३८ वर्षीय राजु न्याकेट भनिने नरबहादुर बिक पक्राउ परेका हुन ।

उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले बिहीबार पोखरा–२४ बाँस्कोटबाट नियन्त्रणमा लिएको हो । लेकसाईडस्थित दीपक गिरीको बन्दै गरेको घरमा बिकले लुकाई छिपाई राखेको ९ एमएम अटो पिस्तोल एक, त्यसमा लाग्ने एक राउन्ड गोली र नगद १६ हजार बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । साथै बा.प्र.०२.०३३ प १६३३ नं.को मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत हुन् । उनीबिरुद्ध २०६२ चैत ९ मा र २०६५ मा सार्वजनिक अपराधको मुद्धा चलेको थियो । साथै २०६६ साउन १९मा लागुऔषध, २०६६ चैत २६ मा सार्वजनिक अपराध, २०६७ असार २ र ६ मा चोरी, सोही वर्षको भदौमा सार्वजनिक अपराध, २०७१ माघमा लागुऔषध र चोरी, २०७७ कात्तिकमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार, २०७९ मंसीरमा लागुऔषध र २०८० कात्तिममा चोरी तथा डाँका कसुरको मुद्धा चलेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->