शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८१, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयका पूर्वशिक्षक समाजसेवी स्वर्गीय गोविन्दप्रसाद पौडेल र उनका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको स्मृतिमा परिवारजनका तर्फबाट विद्यालयको ६४ औं वार्षिकोत्सवका अवसरमा अक्षयकोष स्थापना गरिएको हो ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष रकमको ब्याजबाट प्रोत्साहन छात्रबृत्ति प्रदान गरी विद्यालयले सञ्चालन गर्ने उक्त अक्षय कोषको संरक्षक वेदकुमारी पौडेल रहेकी छन् भने संस्थापकद्वयमा महेश पौडेल र सुजनबाबु पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->