पोखरा/ जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानबमुक्त जिल्ला कार्यान्वयनका सन्दर्भमा कास्की जिल्लास्तरीय समन्वय बैठक एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिसस कास्कीकी उपप्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश र मुलुक बनाउन सबै सरोकारवालाको सामुहिक प्रयासले मात्रै संभब हुने बताइन । मालले अब कास्कीका कुनै पनि पालिकामा सडक आश्रीत मानव नहुने गरि ऊनीहरूको उद्धार, पुनस्र्थापना र उपचारका लागि उपयुक्त कानुन तथा नीति निर्माण गरि कार्यक्रम बनाउन स्थानिय तहलाइ उनले आग्रह गरिन ।
गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गण्डकी प्रदेश सरकारले नै २०८२ भित्र सडक मानवमुक्त प्रदेश कार्यक्रम घोषणा गरिसकेको अबस्थामा सो को प्रभाबकारी कार्यान्वयनका लागि आफुहरू हातेमालो गर्दै आबश्यक नीति निर्माण गरेर आगामी आर्थिक बर्षमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सडक मानबमुक्त पालिका निर्माणका लागि आफ्नो पालिका प्रतिबद्धताका साथ लाग्ने जनाए । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले हरेक नागरिकको मानव अधिकारको पुर्ण प्रत्याभूति सहितको जिल्लाका लागि आफ्नो पालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने उल्लेख गरिन । अधिकारीले विभिन्न कारणले सडक आश्रीत हुन बाध्य नागरिकको उद्धार, उपचार र स्थापनाका लागि प्रभाबकारीरूपले लाग्नु पर्ने बताइन ।
मानव सेवा आश्रम पोखराका कार्यक्रम प्रमुख सदिस पूनले गण्डकी प्रदेशमा सडक आश्रीत मानबको अबस्था, उद्दारमा भएका कार्यहरू सहित मानव अधिकारको क्षेत्रमा नागरिकले पाउनु पर्ने संबैधानिक तथा कानुनी ब्यबस्थाको बारेमा परिचर्चा गरिन ।
कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख, उप प्रमुख, कार्यकारी अधिकृत, जिससका सदस्यहरू सहित सरोकारवाला सरकारी निकायहरूको उपस्थिति रहेको जिसस कास्कीका निमित्त कार्यालय प्रमुख सरोज आचार्यले बताए ।





