पोखरा/ लागुऔषध मुद्धामा कैद सजाय र जरीवाना तोकिएपछि फरार एक प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा लमजुङ जिल्लाको क्व्होलासोंथर गाउँपाकिा वडा नम्बर ८ स्थायी ठेगना भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँडाँडा बस्ने २८ वर्षीय जसबहादुर गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कास्की जिल्ला अदालतको मिति २०८० कात्तिक २३ गतेको फैसला अनुसार गुरुङलाई लागूऔषध सम्बन्धी मुद्दामा १ वर्ष ११ महिना १९ दिन कैद सजाय, १ लाख २ हजार जरीवाना र पीडित राहत कोषमा ४ हजार रुपैयाँ जरीवाना ठहर भएको थियो । त्यसपछि फरार गुरुङलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा– १२ पुरन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।





