शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गण्डकी प्रदेशसभाको बैठक सुरु

गण्डकी प्रदेशसभाको बैठक सुरु

मुख्यमन्त्री अधिकारीद्वारा विश्वासको मत लिदै


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खरै सुरु भएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिदैछन । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन ।

यतिबेला मुख्यमन्त्री अधिकारीले प्रदेश सभा समक्ष मन्तव्यसहित विश्वासको मत मागिरहेका छन ।

६० सदस्यीय प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वास पाउन चाहिने मत ३० हो कि ३१ भन्ने यतिबेला बहसको बिषय बनेको छ । विशेषगरी सत्ता गठबन्धन पक्षधर ३० लाई बहुमत मान्छन् भने अर्कोथरी ३१ लाई अनिवार्य ठान्छन् । २ सांसद रहेको रहेको राप्रपा अहिलेको गठबन्धनप्रति लचक नहुँदा अधिकारी सरकारले विश्वासको मत पाउने नपाउने अनिश्चित भने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->