शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८१, आइतबार

पोखरा/ जंगलमा आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चेका ३९ वर्षीय अगन्दर पौडेल छन । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।
प्रहरीका अनुसार यही बैशाख २१ गते मराम्चेथित मराम्चे सामुदायिक जंगलमा आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगेको थियो ।

तर आगो नियन्त्रण गर्न नसक्ने अवस्थामा थियो । पछि उक्त जंगलमा आगो लगाउने व्यक्तिलाई खोजतलास गर्दै जाँदा पौडेलले आगो लगाएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा सोही दिन पौडेललाई सोधपुछ गर्दा उनले जंगल नजिकै रहेको आफ्नै खरबारी पाखोमा सुकेका घसेटामा आगो लगाएको र उक्त आगो अनियन्त्रित भई सामुदायिक जंगलमा पुगेको भन्ने प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->