पोखरा/पौडी खेल्न गएका दुई किशोरको खोलामा डुबेर आज मृत्यु भएको छ । पोखरा–५ मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी र पोखराको पृथ्वीचाेकका १६ वर्षीय सुप्रीम पौडेलको मुत्यु भएको हो ।
कास्की प्रहरीका अनुसार आज दिउँसो साढे १ बजेको समयमा पोखरा–१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा डुबेका सुवेदीको मृत्यु भएको हो । सुवेदीसंग उनका साथी संजय कार्की पनि गएका थिए । उनैले सुवेदी डुबेको प्रहरीलाई खबर गरेका थिए । लगत्तै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं। २४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले सुवेदीको शव निकालेको थियो ।
यसैगरी पोखरा–१७ फेवा पावरहाउस स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका पौडेलको शव पनि सशस् प्रहरीको कालिका गणबाट खटिएको बिशेष विपद उद्धार तथा गोताखोर विपद टोलीले फुस्रे खोलामा खोजतलास एवं उद्धार अप्रेसन
संचालन गरि एक शव उध्दार गरेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए । मृतक सुवेदी हालैमात्र एसईई परीक्षा दिइ बसेका र पौडेल १० कक्षामा अध्ययनरत थिए । दुवै शव पोष्टमार्टमकालागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।





