पोखरा/राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञानमहायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
महायज्ञमा ७० लाख ७ हजार ७६७ दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिए ।
महायज्ञ सञ्चालनका क्रममा २३ लाख ७२ हजार ७२७ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञमा ४६ लाख ३५ हजार ४० बचत भएको छ । सङ्कलित दान रकममा १ लाख ६६ हजार ६६६ बराबरको चेक नसाटिएको आयोजकको भनाइ छ ।
राष्ट्रिय परोपकार महासंघको १६ औँ वार्षिक उत्सवका अवसरमा गत पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा माघ ४ गतेसम्म सञ्चालित ज्ञान महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनहरूले कथा श्रवण गरेका थिए ।





