शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जन्मदिनमा बृद्धाश्रममा सहयोग

जन्मदिनमा बृद्धाश्रममा सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८१, सोमबार

पोखरा/पोखराका एक युवा व्यवसायीले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाएका छन् । यातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु संगै जन्मदिन मनाई बृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेका हुन ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोक बस्ने मल्लले आफ्नो ३७ आंै जन्मदिन बृद्धाश्रममा मनाएका हुन । जन्मदिनको अवसरमा पोखरा बृद्धाश्रममा ५ बोरा चामल, १० किलो दाल, १० किलो चिनि, २ किलो चियापत्ती, २ कार्टुन तोरीको तेल, ५ किलो चना, ७ प्याकेट दालमोठ, २ कार्टुन विस्कुट, मसला लगायतका खाद्यान्न तथा नगद ५ हजार ५ सय सहयोग गरेका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी तथा स्थानिय यातायातसंग आवद्ध मल्लले हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेकोे बताए । उक्त अवसरमा आश्रममा आश्रित १ सय ५ बर्षिय बृद्ध नन्दलाल दाहालबाट आर्शिबाद ग्रहण गरेका थिए । पोखरा बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा मल्लले खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने वताए ।

सो अवसरमा पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले सहयोगी परिवारलाई धन्यवाद दिर्दैै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुलाई खुसी लाग्ने गरेको वताए । विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र सहयोगदाताहरु को सहयोगले नै बृद्धाश्रम चल्ने गरेको सुनाए । आश्रमका स्वास्थ्य प्रबन्धक सिद्दीकुमार रेग्मीले हरेक व्यक्तीले व्यवसायसंगै सामाजिक उत्तरदायित्वलाई बहन गर्न सके समाज सुसंस्कृत बन्ने बताए ।

खाद्यान्न तथा नगद हस्तान्तरण कार्यक्रममा मल्लका आमा धनुमाया मल्ल, श्रीमती मौनता मल्ल, छोरा सुनित मल्ल, यातायात व्यवसायी मनोज गुरुङ, दिपक गौतम उपस्थित थिए । हाल बृद्धाश्रममा ५० जना बृद्धबृद्धाहरु आश्रित छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->