शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

क्षेत्री समाजमा जिम्मेवारी बाँडफाट

क्षेत्री समाजमा जिम्मेवारी बाँडफाट


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८१, शनिबार

पोखरा/क्षेत्री समाज नेपाल को चौथौं राष्टिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारी को जिम्मेवारी बाडफाट गरेको छ ।
प्रदेशस्तरबाट निर्वाचित लुम्बीनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लालबहादुर अधिकारी, गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष राजेन्द्र अधिकारी, बागमती प्रदेश इन्चार्जमा उपाध्यक्ष श्याम कार्कीलाई प्रदेशअन्तर्गत जिल्लाहरुको अधिवेशन गराउने समेटन बाँकी रहेका जिल्लाहरुको प्रतिनिधित्व गराउने जिम्मेवारी दिएको छ । त्यस्तै महिला उपाध्यक्ष अमृतदेवी बानियाँलाई महिला समाज इन्चार्ज बनाइएको छ ।
सो अनुसार देशभरका महिला समाजहरुको संगठनलाई सक्रिय बनाइ महाधिवेशन गराउने जिम्मेवारी उनको हुनेछ । समाजको बिभिन्न उद्देश्य अनुसार कार्यगर्ने गरी महासचिव कृष्णबहादुर थापालाई संगठन योजनाको जिम्मेवारी ,कोषाध्यक्ष पदमबहादुर कार्कीलाई आर्थिक विकासको जिम्मेवारीसहित विभिन्न जिल्लाहरुको इन्चार्ज तोकिएको छ ।
क्षेत्री समाजले जातीय सदभाव ,राष्टिय एकता अभियानलाई समाजले स्थापित गराउँदै राष्टिय अखण्डताको लागि विविध रचात्मक कार्यहरु गर्दै आएको महासचिव कृष्णबहादुर थापाले बताए । समाजका केन्द्रीय अध्यक्ष रिवबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय पदाधिकारीलाइ स्वागतसहित पदस्थापन गरीएको छ ।
सो कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रदेश लेखा अध्यक्ष गणेश केसी, कास्की चिल्ला अध्यक्ष दिलबहादुर अधिकारीले कार्यकाल सफलताको शुभकामनासहित भनाइ राखेका थिए ।
बैठकले असोज मसान्तसम्म सम्पूर्ण भातृसमाजको अधिवेशन गर्ने ,मनोनित गर्न आवश्यक मापदण्ड तय गर्ने, समाजले विभिन्न चरणमा राज्यपक्षसँग भएका सम्झौता कार्यान्वन गराउन पहल गर्ने, आरक्षणलाई वर्गीय रुपमा गराउन पहल गर्ने लगायतका महत्वपूर्ण निर्णय गरीएको थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->