शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कास्की प्रहरीको हिरासतमा रहेकाहरुको स्वास्थ्य परीक्षण

कास्की प्रहरीको हिरासतमा रहेकाहरुको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८१, आइतबार

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा नेपाल औषधि व्यवसायी संघ कास्की र पद्म नर्सिङ होम अस्पताल नदीपुर–३ को सहयोगमा हिरासतमा रहेका ८ महिलासहित ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको कास्कीका डीएसपी वसन्त गौतमले बताए ।
नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाका अध्यक्ष धिरज गौतमका अनुसार पद्म नर्सिङ होमका संचालक एवं सुपरभाइजर यादव गौतम, वरिष्ठ फिजिसियन डा. सुदर्शन सुवेदी, मेडिकल अफिसर डा. विज्ञान कोइराला, नर्स प्रेम लामिछानेलगायतको मेडिकल टोलीले स्वास्थ्य परीक्षण,औषधि बितरण तथा हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरुलाई निःशुल्क सेनेटरी प्याड हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->