पोखरा/ पोखराको लेकसाइडस्थित विभिन्न मसाज (स्पा) सेन्टरबाट १८ वर्षभन्दा मुनिका ६ बालिकाको उद्धार गरिएको छ । बालिकाहरुलाई सेन्टरमा यौनजन्य कार्यमा लगाउने गोप्य सूचनाको आधारमा आज बुधवार कास्की प्रहरी, पोखरा महानगरपालिकाको सामाजिक बिकास महाशाखा र शक्ती समुह नेपाल नामक संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले उनीहरुलाई उद्धार गरेको हो ।
कास्की प्रहरीका अनुसार लेकसाइडस्थित सेन्टरप्वाईन्ट स्पाबाट २, हिमालय स्पाबाट १, पारामाउन्ट स्पाबाट १, न्यू भिजन स्पाबाट २ जना गरी ६ बालिकाको उद्धार गरिएको हो । यस विषयमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





