बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस गण्डकीले थाल्यो भवन निर्माण, चिप्लेढुंगा नपाएपछि लामाचौर

कांग्रेस गण्डकीले थाल्यो भवन निर्माण, चिप्लेढुंगा नपाएपछि लामाचौर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८१, बिहिबार

पोखरा/नेपाली कांग्रेस गण्डकीले लामाचौरमा आफ्नै भवन निर्माण थालेको छ । ‘बीपी स्मृति भवन’नाम दिइएको सो भवनबाटै आउँदो असोजदेखि कार्यालय संचालन गर्ने गरी काम अगाडि बढाइएको निर्माण समितिक अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’ले जानकारी दिएका छन् ।
कार्यालय संचालन हुनेसम्मको निर्माणका लागि १ करोड र सम्पूर्ण रुपले सम्पन्न गर्न ४ करोड रुपैयाँ खर्च लाग्ने उनको अनुमान छ । यसअघि नेपाली कांग्रेस पोखरा–१९ को कार्यालयलाई नै प्रदेश समितिले प्रयोगमा ल्याउन लागेको हो ।
हाल कांग्रेस पोखरा १९ कार्यसमितिको कार्यालय रहेको सो भवनमा २ तला रहेको छ । प्रदेश समितिले सो संरचनालाई ४ तलाको बनाउने सहमति अनुसार काम अगाडि बढेको हो ।
कांग्रेस गण्डकीमा शुक्रराज शर्मा अध्यक्ष भएपछि नै भवनको खोजी भएको थियो । उनले सुरुमा नेपाली कांग्रेस कास्कीका चिल्लढुंगामा रहेको भवनसँगै रहेको खाली जग्गा उपलब्ध गराउन माग गरेका थिए । तर, शक्तिकेन्द्र बन्न रुचाउने शुक्रराज मातहतको समितिलाई जग्गा दिएमा पार्टी कार्यालयबाटै समानान्तर समिति परिचालन हुने ठानेर सहमति जनाएनन् । अनि प्रदेश समिति तेर्सापट्टिको भाडाको घरमा बस्न थाल्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->