बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवातालको मापदण्डविरुद्ध रैथानेहरुको रिट

फेवातालको मापदण्डविरुद्ध रैथानेहरुको रिट

भन्छन् : जिजुबाजेको पालादेखि यहीँ बसेका छौँ, तिरो तिरेका छौँ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८१, मंगलबार

फाइल तस्बिर

पोखरा/गत असोज ४ गते पुनः सर्वोच्च अदालतले फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर नै रहेको आदेश दोहो¥याएर ग¥यो । त्यसअघि पनि सर्वोच्च अदालतले २०७५ सालमा नै फेवातालको मापदण्ड ६५ मिटर रहेको आदेश गर्दै ६ महिनाभित्र मापदण्डमा पर्ने स्थायी÷अस्थायी भौतिक संरचना हटाइसक्न सरकारको नाममा आदेश गरेको थियो । तर, सर्वोच्चको फैसला कार्यान्वयन भने भएन ।
बरु पोखरा महानगरपालिकाले अदालतको आदेशविपरीत २०७८ चैत मा तालको मापदण्ड नै ३० मिटरमा झार्ने निर्णय ग¥यो । स्थानीय तह निर्वाचनको सम्मुखमा महानगरको ५५ औँ कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेतापनि त्यसको विरुद्धमा फेरि सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले गतसाल असोज ४ गते फेरि उक्त रिटविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै तालको मापदण्ड ६५ मिटर नै कायम ग¥यो ।
पछिल्लो फैसलामा सर्वोच्चले फेवातालको मापदण्ड ६५ मिटर रहेको, उक्त मापदण्डभित्र बनेका संरचना ६ महिनाभित्र अनिवार्यरूपमा हटाउन र २०३१ सालयता तालको मापदण्डभित्र दर्ता भएका सबै जग्गाको दर्ता बदर गर्न आदेश दिएको छ ।
सर्वोच्चले आदेशमात्र दिएको छैन, फैसला कार्यान्वयन निर्देशनालयलाई आदेश कार्यान्वयनको बारेमा निरन्तर फलोअप गर्न समेत भनेको छ । तर, उक्त फैसला कार्यान्वयन २०८० चैतभित्र हुनुपर्ने हो, त्यसको पनि समय सकिइसकेको छ ।
बारम्बार सर्वोच्चले आदेश दिने तर कार्यान्वयन नभइरहेको अवस्थाबीच तालको मापदण्डबाट प्रभावित स्थानीयबासीले भने तालको मापदण्ड नै घटाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन । गत वैशाख २१ गते दायर भएको रिटमा फेवातालको सम्बन्धमा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनको आधारमा हिमागृहदेखि रत्नमन्दिर क्षेत्रबिचका स्थानीयहरुलाई पनि ३० मिटरकै मापदण्ड लागू हुुनुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा ताल किनारमा रहेको रत्नमन्दिर र हिमागृहबीचको भागमा रहेका संरचना यथावत राख्न अन्तरिम आदेश मागिएको छ । उक्त रिटउपर बुधबार छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ ।
‘घरजग्गा व्यवसाय, रत्नमन्दिर र हिमागृहबीचको भागमा रहेको, प्रत्यर्थीले हामी निवेदकहरूको घरजग्गा भत्काउन सक्ने सो स्थानको यथास्थिति परिवर्तन गर्न सक्ने सम्भावना रहेको, फेवातालको किनारामा रहेका रत्न मन्दिर र हिमागृह बीचमा रहेको निवेदकहरूको घरजग्गा नभत्काउनू , भत्काउन नलगाउनू यथास्थितिमा राख्नु तथा रत्न मन्दिर र हिमागृह बीचको भागमा विश्वप्रकाश लामिछाने प्रतिवेदनमा उल्लेख भए अनुसार फेवातालको किनाराबाट ३० मिटरसम्म मात्र संरक्षित क्षेत्र कायम हुने गरेर यथास्थितिमा राख्नु राख्न लगाउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गरिपाऊँ,” निवेदनमा भनिएको छ ।
पुस्तौँदेखि हिमागृह देखि रत्नमन्दिर क्षेत्रमा बसोबास गरिरहेका २२ जनाले रिट दायर गरेका हुन । पुस्तौँदेखि यो क्षेत्रमा बसोबास गरिरहेका घरधुरीलाई सर्वोच्चको मापदण्डले प्रभावित बनाएको स्थानीय हरि भुजेल बताउँछन ।
‘हामीले ९० साल, १८ साल, ३० साल, ४७ साल, ५० सालसम्मका तिरो तिरेका प्रमाणदेखि अन्य डकुमेन्ट, तत्कालीन नगर पञ्चायत र पछि उपत्यका नगर विकास समितिले गरेका निर्णयहरु पनि बुझाएका हौँ,’ उनी भन्छन, ‘रत्नमन्दिरदेखि हिमागृहसम्मको भूबनोट नै फरक छ । हामीले नापी कार्यालयबाट ९० सालमा तिरेको तिरो पनि ल्याएका छौँ । हामी सबै पुरानो रैथानै हौँ । जिजुहजुरबुबादेखि जिजुबुवब, हजुरबुवा पुस्तादेखि हामी यहीँ छौँ, यहाँ किनबेच पनि भएको छैन ।’
मापदण्ड ६५ मिटरनै कायम गर्न परमादेश लिएर अदालत गएका अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का, दीपेन्द्रप्रसाद घिमिरे तथा पोखरा महानगरपालिकाको कार्यालय र नगर प्रमुख, पोखरा उपत्यका नगर विकास समिति, ताल संरक्षण विकास प्राधिकरण, राष्ट्रिय ताल संरक्षण विकास समिति, प्रधानमन्त्री कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई विपक्षी बनाएर रिट निवेदन दर्ता भएको हो ।
पोखरा ६ की जमुना भुजेलसहित २२ जनाले दर्ता गरेको रिटमा तालको मापदण्ड ३० मिटर नै हुनुपर्ने माग छ । वैशाख २१ मा दायर रिटमा २३ गते न्यायाधीश मनोजकुमार शर्माको इजलाशले विषयवस्तुको गाम्भीर्यतालाई हेर्दा दुवै पक्षलाई छलफल गराइ अन्तरिम आदेश जारी हुने वा नहुने अन्तिम निष्कर्षमा पुग्नुपर्ने देखिएकाले छलफलका लागि जेठ ८ लाई पेसी तोकेको छ । मंगलबार दुवै पक्षबीच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->