बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा आइडिया मार्टमा सहभागीमध्ये १० समूह अन्तिम चरणमा प्रवेश

पोखरा आइडिया मार्टमा सहभागीमध्ये १० समूह अन्तिम चरणमा प्रवेश


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८१, बिहिबार

पोखरा/पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन ।
छनोट भएका समूहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन ।
ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समूहमध्ये १० वटा समूह अन्तिम प्रस्तुतिका लागि छनोट भएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज पौडेलले जानकारी दिए ।
छनोट चरणमा पोखरा विश्वविद्यालयका बलराम भट्टराइ, पोखरा महानगरपालिका नगर योजना आयोगका डा. होमनाथ गैरे, आइटी एक्सपर्ट सुशीला बराल र एनएमबी बैंकका प्रोभिन्स म्यानेजर सुदीप पौडेलले निर्णायकको भूमिका निभाएका थिए । आइडिया मार्टमा ३५ समुहले आवेदन प्रस्तुत गरेका थिए ।
अन्तिम प्रतिस्पर्धामार्फत् प्रथम हुनेले नगद ५० हजार, दोश्रो हुनेले नगद ४० हजार, तेश्रो हुनेले ३० हजार र शान्तवना स्थान हासिल गर्नेले २० हजार प्राप्त गर्ने छन् ।
अन्तिम प्रतिस्पर्धामा पर्न सफल समुहले आगामी जेठ १८ गते शुक्रबार दिउसो १ बजे भित्र ब्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरको कार्यालयमा सम्पर्क गर्न समेत प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । अन्तिम प्रतिस्पर्धा जेठ २० गते हुनेसमेत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->