बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अवैद्य संरचना बनाएपछि खतिवडालाई महानगरको पत्र

अवैद्य संरचना बनाएपछि खतिवडालाई महानगरको पत्र

कर्मचारीलाई पूर्वअर्थमन्त्री बरालको फोन ‘पत्र लेख्ने अधिकार कसले दियो ?’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८१, शुक्रबार

पोखरा/स्वीकृतिबिना पोखरा सेदीमा सञ्चालनमा रहेको वाइयुके मार्केटमा थप भौतिक संरचना निर्माण गरिएको भन्दै पोखरा महानगरले संचालकलाई ३ दिनभित्र हाजिर हुन पत्राचार गरेको छ ।
गत ७ गते पोखरा महानगरपालिकाले सञ्चालक युवराज खतिवडालाई पत्राचार गर्दै के आधारमा संरचना बनाएको हो भन्ने प्रश्नसहित कागजपत्र लिएर आउन पत्राचार गरेको थियो । पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाको हस्ताक्षर रहेको पत्रको विषयमा गण्डकी प्रदेशका पर्व अर्थमन्त्री तथा माओवादी कास्कीका इन्चार्ज रामजी बरालले फोन गर्दै खतिवडाको बचाउमा उत्रिएको कर्मचारी स्रोतले जिकिर गरेको छ ।स्रोतका अनुसार बरालले फोन गरेर प्रहरी प्रमुख थापालाई पत्र काट्ने अधिकार कसले दियो भन्दै हप्काएका थिए ।
खतिवडा फेवाताल र फेवा आसपास रहेको सिमसार पुर्ने व्यक्ति हुन् । अटेरी खतिवडाले फेवातालमा मात्रै होइन, पोखरा ५ मा समेत सार्वजानिक जग्गा मिचेर आफ्नो घरको वाल लगाएका छन् । महानगरले उक्त संरचनामा डोजर नै लगाए पनि उनले राजनीतिक शक्तिको आडमा पोखरामा अवैध काम गर्दै आइरहेका छन् । आफूलाई युवा व्यवसायी बताउँदै आएका खतिवडाको निर्माण कम्पनीको डोजर र टिपरलाई महानगरपालिकाको टोली पटकपटक रंगेहात नै पक्राउ गर्दै आइरहेको छ । यद्यपि, राजनीतिक पार्टीकै संरक्षणमा उनले सार्वजानिक जग्गा मिच्नेदेखि सिमसार पुर्नेसम्मका काम गर्दै आइरहेको स्रोतको भनाइ छ । ‘एउटा संरचना कानून अनुसार भएन भनि आवश्यक अनुसन्धान गर्न खोज्दासमेत नेताहरुकै फोन आउँछ,’ महानगर स्रोत भन्छ, ‘ युवराज खतिवडा धेरै यस्ता कार्यमा संलग्न छन् र जरिवाना तिराउँदै छाड्ने कामसमेत भएको छ । सधैँ शक्तिकै आडमा उनी काम गर्छन् ।’
त्यतिमात्र होइन, महानगरले फेवाताल आसपासका डाँडा कटान गर्दासमेत खतिवडाको सवारी नियन्त्रणमा लिएको थियो । रविला पौडेलको जग्गा भाडामा लिइ खतिवडाले फलामको ट्रस निर्माण गरी मार्केट सञ्चाल गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->