पोखरा/साइकल सिटी पोखराको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
सर्वसम्मत चुनिएको समितिको उपाध्यक्षमा दीपक कार्की सचिवमा रामचन्द भट्ट कोषाध्यक्षमा रामनारायण श्रेष्ठ सहसचिवमा विश्व कुमार बिजुक्छे रहेका छन् । सदस्यहरुमा हीरा घले, राजीव मुल्मी, झम्पल लुन्डुप, रुद्रबहादुर गुरुङ, मानबहादुर क्षेत्री रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथी घरपोजोङ, गाँउँपालिका अध्यक्ष मोहनसिंह लालचन तथा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले स्वास्थ्य वातावरण र पर्यटनको क्षेत्रमा साइकल सिटीको अवधारणालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहाकार प्रकाश बजाचार्य, निरज थापालगायतले पनि मन्तव्य राख्ेका थिए । साइकल सिटीका कार्यवाहक अध्यक्ष जयबहादुर गुरुङको अध्यक्षता,प्रकाश बज्राचार्यको स्वागत र कोषाध्यक्ष दीपक कार्कीको धन्यवाद रहेको कार्यक्रममा कोषाध्यक्ष दीपक कार्कीबाट प्रस्तुत प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो ।





