पोखरा/जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छन् । क्लवको शुक्रबार भएको पाँचौं अधिवेशनले बिजुक्छेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बिजुक्छे क्लवकी निवर्तमान उपाध्यक्ष हुन् ।
क्लवको उपाध्यक्षमा नेलिसा ठकुरी केसी, सचिवमा सृजना कार्की भट्टराई र कोषाध्यक्षमा अनिता खड्का भट्टराई चयन भएकी छन् । समितिको निवर्तमान अध्यक्षमा मोनिका थापा छिन् ।
क्लवको कानूनी डाइरेक्टरमा बन्दना कार्की, अवार्ड एण्ड स्कलरसीप डाईरेक्टरमा साम्राज्ञी क्षेत्री, सेलेब्रेसन एण्ड फेलोसीप डाइरेक्टरमा सविता श्रेष्ठ, लिडरसीप र स्कील डेभलपमेन्ट डाइरेक्टरमा श्रीविद्या कायस्थ, पिआर एण्ड ग्रेटर भिजिबिलिटी डाइरेक्टरमा लीना गोशली, सर्भिस कमिटी डाइरेक्टर अञ्जना तझ्या, यूएन एण्ड क्लाईमेट चेञ्ज डाइरेक्टरमा निलिमा गुरुङ र जेड एण्ड गोल्डेन डाइरेक्टरमा पूजा केसी चयन भएको अध्यक्ष रोजिना रञ्जित विजुक्छेले जानकारी दिईन् ।
जोन्टा क्लब अफ पोखरा विश्वव्यापी जोन्टा इन्टरनेशनल अन्तर्गतकै क्लब हो ।





