बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

टोल विकास संस्थाहरु विकासका साझेदार : अध्यक्ष थापा

टोल विकास संस्थाहरु विकासका साझेदार : अध्यक्ष थापा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८१, सोमबार

पोखरा/पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले बिकास निर्माणमा टोलविकास संस्थाको महत्वपूर्ण भूमिका हुने भएकाले वडाको एक महत्वपूर्ण अंगको रूपमा लिइएको बताएका छन् । उनले वडाले स्थानीयहरुकै मागको आधारमा योजनाहरु निर्माण गर्दै आएको पनि बताए ।
उनी पोखरा २६ मा रहेको जल्धारे टोल विकास संस्थाको १९ औं साधारण सभा तथा सातौँ अधिवेशनमा बोल्दै थिए ।
कार्यक्रममा पोखरा २६ का वडा सदस्य सुदीपराज ढुंगाना, जल्धाारे जेष्ठ नागरिक दिवा सेवा केन्द्र का अध्यक्ष मनोहरि ढुंगाना, पिपलबोट गार्डेनको अध्यक्ष पितृप्रसाद गौतम,संस्थाका सल्लाहकार लेखनाथ ढुंगाना , माछापुच्छ्रे टोलका अध्यक्ष ई. आनन्द राजभाटलगायतले विकास निर्माणमा टोल विकास संस्थाको महत्वबारे मन्तव्य राखेका
जल्धारे टोल विकास संस्थाको अधिवेशनले आगामी कार्यकालको लागि पुनः महेन्द्र ढुंगानालाई निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा कल्पना लामिछाने, सचिबमा महादेव ढुंगाना, कोषाध्यक्षमा विवेक ढुंगाना, चयन भएका छन् ।सदस्यहरूमा हरिशरण ढुङगाना बिनायक , सीता ढुंगाना ,दयासागर ढुंगाना, रमा ढुंगाना र नानिमाया भण्डारी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->