पोखरा/नेपाल खानेपानी संस्थान पोखराले पानी लिकेज पत्ता लगाउने र मर्मत गर्ने तालिमलाई निरन्तरता दिएको छ । जापान सरकार जापानिज सहयोग संस्था जाईकाको प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले शाखामा कार्यरत सवै तहका प्राविधिक कर्मचारीलाई निरन्तर तालिम प्रदान गरेको हो ।
मंगलबारको तालिमका मुख्य प्रशिक्षक नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले प्रविधियुक्त मेशिनको माध्यमबाट लिक मर्मत कार्यलाई थप सजिलो बनाउने भएकाले हालको अवस्थाको पानी चुहावटलाई नियन्त्रण गर्न सकिने बताए ।
तालिमलाई सव–इन्जिनियरसुरेन्द्र साहले सहजीकरण गरेका थिए भने पोखरा शाखा पार्दी र विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । तालिममा पानी परीक्षण तालिम समेत भएको छ ।





