बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नौ दिनपछि हाजिर जमानीमा छाडियो सिरोहियालाई

नौ दिनपछि हाजिर जमानीमा छाडियो सिरोहियालाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८१, बुधबार

पोखरा / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त भएका छन्। ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ।

धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरका उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो। उनलाई मंगलबार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।

प्रहरीले उनलाई नागरिकतासम्बन्धी कसुरको अनुसन्धान गर्ने भन्दै जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जी दिएर जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->