बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बालकमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक युवा पक्राउ

बालकमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक युवा पक्राउ


  • विजय नेपाली
  • जेष्ठ १७ २०८१, बिहिबार

पोखरा/ पोखराको एक विद्यालयमा अध्ययनरत नाबालकलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा ९ पृथ्वीचोेकमा बस्ने शम्भु परियारले बालकलाई यौन दुव्र्यवहार गरेको आरोपमा बैदाम प्रहरीले नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यांलय बैदामका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार परिवारले यौन दुव्र्यवहार भएको भन्दै सूचना सम्भुलाई पक्राउ गरेको जानकारी दिए ।
‘एक जना अनुसन्धानका लागि नियन्त्रणमा छ । हामीलाई सूचना आयो त्यसपछि हामीले नियन्त्रणमा लिएका हौं’ डिएसपीले भने, ‘यौनदुव्र्यवहार भन्ने छ । बाकीँ अनुसन्धानपछि आउला ।’ परिवारले फोनमार्फत सूचना दिएका थिए । यद्यपी उजुरी अहिलेसम्म परेको छैन । शुक्रबार जाहेरी दिएमा थप अनुुसन्धान प्रक्रिया अघि बढ्नेछ ।
२० वर्षिय शम्भु चैतमा उक्त विद्यालयमा काम गर्न पुगेका थिए । सोही क्रममा उनी बालकको नजिक भएका थिए विद्यालयका प्रिन्सिपलका अनुसार शम्भु काम गर्न आएका हुन् सोही क्रममा बालगसँग भेटघाट भएको र घरसम्मै पुगेको उनले बताए । ‘यहाँ कम्पाउन्ड लगाउने काम थियोे । चैतमा काम भएको हो त्यहि बेला बोलचाल भएको रहेछ परिवारले पछि उजुरी दिएको हो हामीले ठेकेदारलाई स्कुलमा बोलायौं प्रहरीले लगेको छ’ विद्यालयका प्रधानध्यापकले भने, ‘नक्कुल भन्ने पेटी ठेकेदारले ल्याएका हुन् । उनलाइ विद्यालयमा आज बोलायौं त्यहि केटासँग अनि प्रहरीले नियन्त्रणमा लिएको हो ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->